पारिवारिक र कर्पोरेट इभेन्टका लागि हाेटल जलमहलले ल्यायाे विशेष हल

 फागुन २६, २०७५ आइतबार
unn.prixa.net

काठमाण्डौ – पर्यावरणीय सुन्दरताले भरिपूर्ण पोखराको घारिपाटनमा रहेको होटल जलमहलले बिभिन्न समयमा आकर्षक योजनाहरु ल्याउँदै आएको छ । स्थानीय पर्यटनलाई प्रवद्र्धन गर्ने उदेश्यका साथ स्थापना भएको यस होटलले अहिले पनि आफ्ना ग्राहकहरुमाझ विशेष अफर ल्याएको छ ।

'सुन्दर पोखरालाई अझ सुन्दर बनाउँदै' भन्ने नाराका साथ  पारिवारिक र कर्पोरेट इभेन्टस् का लागि सर्वोत्कृष्ट गन्तव्य रहेको होटेल जलमहलले विभिन्न क्षमताका हलहरु लिएर आएको छ । 

यसपटक जलमहलले सुन्दर बगैंचा र विशाल पार्किंगका साथ १० जनादेखि १००० भन्दा बढीलाई सेवा प्रदान गर्न सक्ने विभिन्न क्षमताका हलहरु लिएर आएको छ । 

शुभ विवाह, ब्रतवन्ध, अन्नप्राशन, जन्मोत्सव, वार्षिकोत्सव पार्टी जस्ता पारिवारिक समारोह, तथा साधारण सभा, प्रोडक्ट लन्च, डिलर्स मीट, ट्रेनिङ्ग, सेमिनार, रिट्रिट, स्कूल(कलेज कार्यक्रम जस्ता कर्पोरेट इभेन्टस् का लागि गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ ।