चीनले फ्रान्स, जर्मनीलगायत २९ वटा देशका लागि एकपक्षीय भिसामुक्...
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै – नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले अन्तर्राष्ट्रिय भाडादरमा छुट दिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट निर्देशन भएअनुसार अन्तर्राष्ट्रिय गन्तव्यको भाडादरमा छुट उपलब्ध गराएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो ।
त्यसअनुसार दिल्ली, मुम्बई र बैङ्गलोर गन्तव्यको भाडादरमा दुई हजार पाँच सयसम्म तथा दोहा, दुबई, दमाम, क्वालालम्पुर, हङकङ, बैंकक र नारिताका लागि पाँच हजार रुपैयाँसम्म छुट उपलब्ध गराउने निगमले आज निकालेको विज्ञप्तिमा उल्लेख छ ।
अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मत र विस्तारका लागि दैनिक १० घण्टा बन्द हुँदै आएको छ । विभिन्न वायु सेवाको हवाई उडान कटौती भएका छन् । यही मौका छोपेर हवाई भाडा अत्यधिक बढेको गुनासो छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले अन्तर्राष्ट्रिय उडान भर्ने हवाई कम्पनीलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन यसअघि निर्देशनसमेत दिइसक्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।