ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ !
कार्यक्रम देश परदेशको ३९८ औं अंक घरायसी खर्चमै सीमित विप्रेषण कसरी उत्पादनमुलक क्षेत्रमा लगाउन सकिन्छ त भन्ने विषयमा केन्द्रित छ । रेमिट्यान्स अर्थात विप्रेषण किन उत्पादनमुलक क्षेत्रमा लगानी भएन त भन्ने विषयमा नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा सूचना अधिकारी डा. गुणाकर भट्टसँगको कुराकानी कार्यक्रममा सुन्न सकिन्छ । घरव्यवहार चलाउँदै विदेशबाट पठाएको पैसा बचाउने उपायबारे वित्तीय साक्षरता विज्ञ डा. नवराज सिम्खडाको सुझाव र, कुखुरा पालन गरेर साउदीमा रहेका श्रीमानलाई कमाउन सघाइरहेकी दोलखा गौरीशङ्कर गाउँपालिकाकी भीमकुमारी तामाङको अनुभव दिदीबहिनीका कुरामा समेटेका छौं । अनि साथमा छन्, तपाईँले सोधेका प्रश्नमा हामीले खोजेका उत्तर र तपाईँका रुचिका विषय समेटिएको राउण्ड अप पनि ।