८ महिनामा विकास खर्च २३ प्रतिशतमात्रै, वैदेशिक अनुदान सङ्कलन ...
चैत १, २०८१ शुक्रबार
खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ !
कामका लागि विभिन्न गन्तव्य देशमा पुगेका नेपाली कामदारले सम्बन्धित देशको चालचलन र रहनसहनबारे थाहा नपाउँदा दण्डसजाय पाउने गरेका छन् । त्ससैले बैदेशिक रोजगारीमा जाने सबै नेपालीले अभिमुखिकरण तालिम लिएर जाने कुरा अनिवार्य गरिएको छ । यति भइसक्दा पनि अझै कतिलाई यसबारे जानकारी भने छैन । बैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउने प्रयासहरु कतिसम्म सफल भएका छन् र कति बिफल ? यसका लागि बैदेशिक रोजगारीका कसरी काम भइरहेको छ ? र हाम्रो भूमिका कस्तो रहन्छ ? कार्यक्रम देश परदेशको अंक ६६० मा हामीले यिनै प्रश्नहरुमा केन्द्रित रहेर कुराकानी गरेका छौं । साथमा तपार्ईले उज्यालोको फेसबुक पेज facebook.com/ujyaalo मा पठाउनुभएका प्रतिक्रिया र प्रश्नहरु पनि जोडेका छौं । आजको अंकमा हामीले बैदेशिक रोजगार बोर्डका निर्देशक टीकाराम ढकालसँग कुराकानी गरेका छौं ।