Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः२० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

403_Desh Pardesh 2020-03-17

कार्यक्रम देश परदेशको ४०३ औं अंक कोरोना भाइसरका कारण नेपाली श्रमिक र नेपाल भित्रने रेमिट्यान्समा पर्ने असरका विषयमा केन्द्रित छ । नेपाली श्रमिकको मुख्य गन्तव्य खाडी र मलेसियासँगै दक्षिण कोरिया र जापान लगायतका देशमा कोरोना भाइरसका कारण परेको असरका विषयमा जानकारी कार्यक्रममा सुन्न सकिन्छ । अहिले विदेशबाट फर्किनेहरुले अनिवार्य रुपमा १४ दिन घरमै छुट्टै अर्थात होम क्वारेन्टाइनमा बस्नुपर्छ । होम क्वारेन्टाइन भनेको के हो र क्वारेन्टाइनमा बस्दा के कुरामा ध्यान दिनुपर्छ त ? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  सह प्रवक्ता तथा आपतकालिन तथा विपद व्यवस्थापन इकाईका प्रमुख सागर दाहालको सुझाव कार्यक्रममा समावेश छ । कोरोना भाइरसका कारण रेमिट्यान्समा पर्ने असरका विषयमा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापासितको कुराकानी पनि कार्यक्रममा सुन्न सकिन्छ । अनि साथमा छन्, तपाईँले सोधेका प्रश्नमा हामीले खोजेका उत्तर र तपाईँका रुचिका विषय समेटिएको राउण्ड अफ पनि ।