चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ !
कार्यक्रम देश परदेशको ४३८ औं अंक आप्रवासी स्रोत केन्द्रको काम र सेवाको सेरोफेरोमा केन्द्रित छ । आप्रवासी स्रोत केन्द्र एमआरसी के हो र यसबाट कस्ता सेवा पाइन्छन् त ? नेपाल सरकार र स्वीस सरकारबीच भएको दुईपक्षिय सम्झौता अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व र हेल्भटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजनाकी एमआरसी तथा मनोसामाजिक परामर्श कार्यक्रमकी संयोजक रोनी प्रधानसँग गरिएको कुराकानी कार्यक्रममा सुन्न सकिन्छ । वैदेशिक रोजगारीको क्रममा समस्यामा परेका श्रमिक र उनीहरुका परिवारले आप्रवासी स्रोत केन्द्रमार्फत पाएको सहयोगबारे जानकारी कार्यक्रममा समावेश छ । अनि कोरोना महामारीमा परदेशमा काम गरिरहेका र स्वदेश फर्किएका नेपालीका चाहना पूरा गर्न पालिकाले गर्नुपर्ने कामबारे अकाउन्टटिबलिटी ल्याब नेपालका संयोजक नारायण अधिकारीको भनाइ पनि कार्यक्रममा समेटिएको छ । साथमा छन् तपाईँका रुची र चासो समेटिएको गतिविधि पनि ।