चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ !
कार्यक्रम देश परदेशको ४४२ औं अंक सुरक्षित आप्रवासन परियोजना सामीमार्फत न्यायमा पहुँचका लागि भइरहेको काम र समस्यामा पर्दा अन्य निकायबाट लिन सकिने सहयोगमा केन्द्रित छ । कोरोना महामारीको समयमा साउदीमा अलपत्र पर्दा पीएनसीसीको सहयोगमा स्वदेश फर्केका सर्लाहीका दिनेश महतोको अनुभव कार्यक्रममा सुन्न सकिन्छ । टर्की र दक्षिण अफ्रिका जाने आशमा खेत बेचेर एजेण्टलाई १३ लाख रुपैयाँ बुझाएका धादिङका कुशल आलेमगरको रकम पिपल फोरमको सहयोगमा कसरी फिर्ता भयो त भन्ने बारे कुशल आलेमगरसँगको कुराकानी कार्यक्रममा समावेश छ । अन्यायमा परेकालाई न्याय दिनका लागि भइरहेका काम बारे सामीको परियोजना संयोजक तरुणकान्त अधिकारीसितको कुराकानीसँगै वैदेशिक रोजगार विभागबाट कसरी न्याय पाइन्छ त भन्नेबारे विभागका महानिर्देशक कुमार दाहालसँगको कुराकानी पनि कार्यक्रममा सुन्न सकिन्छ । साथमा छन् हप्ताभरीका रोजगार गतिविधि पनि ।