भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – विद्युत् आयोजनाबाट उत्पादित बिजुली एक ठाउँबाट अर्को ठाउँमा लैजान निर्माण गरिएका प्रसारणलाइन सञ्जाल साढे ६ हजार सर्किट किलोमिटर पुगेको छ ।
जलविद्युत्, सौर्यलगायतका ऊर्जाका विभिन्न स्रोतहरूबाट उत्पादित बिजुलीलाई निश्चित ठाउँसम्म पुर्याएर उपभोक्तालाई आपूर्ति गर्न विभिन्न भोल्टेज क्षमताका प्रसारणलाइन आवश्यक पर्दछ ।
नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गएकाे आर्थिक वर्ष (आव) २०८०/८१ सम्ममा ४००, २२०, १३२ र ६६ केभी प्रसारणलाइनको लम्बाइ ६ हजार ५ सय ७ सर्किट किलोमिटर पुगेको हो ।
कुल प्रसारणलाइनमध्ये सबैभन्दा बढी १३२ केभी ४ हजार १ सय ३६ सर्किट किलोमिटर र सबैभन्दा कम ६६ केभी ५ सय १४ सर्किट किलोमिटर छ । ४०० केभी प्रसारणलाइन ६ सय ४४ सर्किट किलोमिटर छ । आव २०७२/७३ सम्ममा २ हजार ९ सय ११ सर्किट किलोमिटर मात्र प्रसारणलाइन थियो ।
आव २०७३/७४ मा ३ हजार ३ सय ६४, आव २०७४/७५ मा ३ हजार ५ सय ३८, २०७५/७६ मा ३ हजार ९ सय ९० र आव २०७६/७७ मा ४ हजार २ सय ६९ सर्किट किलोमिटर प्रसारणलाइन थियो । त्यस्तै २०७७/७८ मा ४ हजार ८ सय ७४, २०७८/७९ मा ५ हजार ३ सय २९ र २०७९/८० मा ५ हजार ७ सय ४२ सर्किट किलोमिटर प्रसारणलाइन थियो ।
ग्रिड सबस्टेशनको क्षमता १३ हजार ५० एमभीए पुगेको छ । आव २०७२/७३ मा २ हजार २ सय २३ एमभीए मात्र रहेको ग्रिड सबस्टेशन क्षमता गएकाे आवसम्ममा १३ हजार ५० पुगेको हो । यसमा ४००, २२०, १३२, ६६ र ३३ केभी क्षमताका सबस्टेशनहरू रहेका छन् ।
प्रसारणलाइन तथा सबस्टेशन निर्माणमा सरकार र प्राधिकरणले ठूलो लगानी गरेका छन् । प्राधिकरणले आफ्नै स्रोतबाट र विकास साझेदार निकायहरूबाट सहुलितपूर्ण ऋण लिएर प्रसारण लाइनमा लगानी भइरहेको छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आठ वर्षको अवधिमा प्रसारणलाइन निर्माणमा गुणात्मक फड्को मारिएको बताउनुभयो । ‘स्थानीय बासिन्दाको अवरोध, जग्गा अधिग्रहण, वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटान स्वीकृतिको प्रक्रियागत झन्झट, सडक पनि नभएका भौगोलिक रूपमा अत्यन्तै जोखिमयुक्त र कठिन क्षेत्रमा काम गर्न निर्माण सामग्री मान्छे, खच्चड र हेलिकोप्टरबाट ढुवानी गर्नुपर्ने जस्ता चुनौतीपूर्ण अवस्थालाई पार लगाउँदै प्रसारणलाइन निर्माणमा उल्लेख्य प्रगति हासिल भएको छ’, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘यो अवधिमा ४००, २२० र १३२ केभीका धेरै प्रसारणलाइन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ, १३२ केभी प्रसारणलाइनबाट चलिरहेको नेपालको राष्ट्रिय प्रणाली अहिले ४०० केभी र २२० केभीबाट चल्न थालेको छ ।’
घिसिङले बुटवलबाट पश्चिम अत्तरियासम्म ४०० केभी प्रसारण लाइन र देशका प्रमुख लोड सेन्टरहरू भएर जाने दक्षिण करिडोर प्रसारणलाइनका लागि विभिन्न दातृ निकायहरूबाट लगानी सुनिश्चित गरी निर्माण प्रक्रिया अगाडि बढाइएको बताउनुभयो ।
देशका प्रमुख शहरहरूलाई ११ वटा क्लस्टरमा विभाजन गरी सन् २०५० सम्मको मागलाई आपूर्ति गर्न सक्ने प्रसारण र वितरण संरचनाको गुरुयोजना तयार गरी क्रमिक रूपमा कार्यान्वयनमा लागिएकाे उहाँले उल्लेख गर्नुभयो ।
भारतसँगको बिजुली व्यापारका लागि झन्डै २ हजार ५ सय मेगावाट विद्युत् प्रवाह गर्न सक्ने नयाँ बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारणलाइन निर्माणाधीन छ । नेपाल–भारतबीचको बिजुली आयात/निर्यातका लागि आठ वर्षअघि ३५० मेगावाट विद्युत् प्रवाह गर्न सक्ने प्रसारणलाइन क्षमता रहेकोमा अहिले झन्डै २ हजार मेगावाट पुगेको छ ।
इनरुवा–पूर्णिया र लम्की–बरेली ४०० केभी प्रसारणलाइन कार्यान्वयनका चरणमा छन् । साथै नेपाल र भारतबीच थप प्रसारणलाइन निर्माणको सम्भाव्यता अध्ययन भइरहेको छ । नेपाल, भारत र बङ्गलादेशबीचको बिजुली व्यापारलाई थप सहज बनाउन इनरुवाबाट अनारमणीसम्म ४०० केभी प्रसारणलाइन निर्माण प्रक्रिया अगाडि बढाइएको छ ।
यसरी सन् २०३५ सम्ममा २० हजार मेगावाट बिजुली निर्यात गर्न सक्ने प्रसारणलाइन सञ्जाल विस्तार हुने सुनिश्चित गरिएको छ । छिमेकी देश चीनसँगको बिजुली व्यापारका लागि पनि चिलिमे–केरुङ प्रसारणलाइन अगाडि बढाइएको छ ।
बिजुली आपूर्तिलाई भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउन वितरणतर्फ पनि ठूलो लगानी परिचालन गरिएको छ । ग्रिड सबस्टेशनबाट उपभोक्ताकोसम्म बिजुली पुर्याउन ३३ तथा ११ केभी र ४०० भोल्टका वितरण लाइन सञ्जाल २ लाख ९ हजार सर्किट किलोमिटर पुगेको छ ।
आव २०७२/७३ सम्ममा वितरण लाइन १ लाख २१ हजार सर्किट किलोमिटर मात्र थियो । त्यति बेला ५८ प्रतिशत विद्युतीकरण थियो भने अहिले ९९ प्रतिशत पुगेको छ । कुल वितरण लाइनमध्ये सबैभन्दा बढी ४०० भोल्टको वितरण लाइन १ लाख ५० हजार सर्किट किलोमिटर रहेको छ ।
वितरणतर्फको सबस्टेशनको क्षमता २ हजार ५ सय एमभीए पुगेको छ । वितरण सबस्टेशनको सङ्ख्या १ सय ९६ वटा छ । आठ वर्षअघि सबस्टेशनको सङ्ख्या ८० वटा मात्र थियो । क्षमता ६ सय ४० एमभीए मात्र थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।