बाढीपछि सोलुको नाम्चेभन्दा माथिको आवातजावत टुट्यो : थामेमा सञ्चार सेवा ठप्प

 भदौ १, २०८१ शनिबार ११:४५:११ | उज्यालो सहकर्मी
unn.prixa.net

सोलुखुम्बु – बाढीपछि सोलुखुम्बुको नाम्चेभन्दा माथिको आवातजावत ठप्प भएको छ । हिजो दिउँसो थामे खोलामा आएको बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङदेखी नाम्चे जाने पर्यटकीय पदमार्ग कटान गर्दा तल्लो क्षेत्रबाट सगरमाथा क्षेत्र बीचको आवातजावत ठप्प बनेको इलाका प्रहरी कार्यालय नाम्चेले जनाएको छ ।

फाक्दिङदेखि नाम्चे बिचको दुई ठाउँमा सय/सय मिटरजति पदमार्ग नदीको कटानमा परेको छ । जसका कारण लुक्लाबाट नाम्चे हुँदै थामे आवातजावत अवरुद्ध भएको छ । सगरमाथा पदमार्गमा पर्ने एक मात्र पदमार्ग भोटेकोशीले कटान गर्दा पदमार्ग अवरुद्ध भएको प्रहरी सहायक निरीक्षक हेमबहादुर कटवालले बताउनुभयो ।

थामेखोला हुँदै आएको लेदोसहितको बाढी भोटेकोशी हुँदै दुधकोशी नदीमा मिसिएको छ । बाढीले खुम्बुको जलविद्युत आयोजनाको ड्याम बगाउँदा त्यस क्षेत्रमा सञ्चार सेवा समेत ठप्प बनेको स्थानियबासिन्दा ल्हाक्पा नुरु शेर्पाले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘पर्यटकीय गाउँ सबै बगायो, देख्दै बिरक्त लाग्दो छ ।’ बाढी भोटेकोशी हुँदै दुधकोशीमा मिसिदा सोलुखुम्बुको तल्लो क्षेत्रमा पर्ने माप्य–खुम्बु मितेरी पक्की पुलमा क्षति पुगेको छ । बाढीले कोशी आसपासका क्षेत्र कटान गर्दा जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका र माप्यदुधकोशी गाउँपालिका जोड्ने दुधकोशी नदी माथीको पाकी मोटरेबल पुलमा गाडी चलाउन नमिल्ने गरि क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

पुलमा क्षती पुगेसगै सल्लेरीबाट खुम्बु सञ्चालन हुँदै आएको सिधा सडक सञ्जाल समेत टुटेको छ ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया