भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
काठमाण्डौ – इंग्लिस प्रिमियर लिगमा लिभरपुल र आर्सनलले विजयी शुरुवात गरेका छन् । हिजो भएको पहिलो खेलमा लिभरपुलले नवप्रवेशी इपस्विपलाई तथा अर्को खेलमा आर्सनलले उल्भ्सलाई २–० गोलले हरायो । इपस्विपको घरेलु मैदानमा भएको खेलमा लिभरपुलका डियगो जोटा र मोहम्मद सलाहले समान एक/एक गोल गरे । त्यस्तै अर्को खेलमा आर्सनलका काई हाभार्ट र बुकायो साकाले गोल गरे ।
जितसँगै लिभरपुल र आर्सनलले समान तीन अङ्क जोडेका छन् । त्यस्तै हिजो बेलुका नै भएको खेलमा ब्राइटनले एभर्टनलाई ३–० गोलले, न्यूक्यासलले साउथह्याम्पटनलाई १–० गोलले हरायो । नटिङघम फरेस्ट र बर्नमाउथले एक÷एक गोलको बराबरी खेलेका छन् ।
गएराति भएको अर्को खेलका एस्टनभिल्लाले वेस्ट ह्यामलाई २–१ गोलले हराउँदै विजयी शुरुवात गरेको छ । इंग्लिस प्रिमियर लिगमा आज ब्रेन्टफोर्ड र क्रिस्टल प्यालेस तथा चेल्सी र म्यानचेस्टर सिटी खेल्दैछन् । सिटी प्रिमियर लिगको साविक विजेता टोली हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।