इन्द्रावती नदी आंशिक रूपमा थुनियाे, उच्च सतर्कता अपनाउन आग्रह

 भदौ ३, २०८१ सोमबार १८:२:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

सिन्धुपाल्चाेक – सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका तिपेनीमा सुक्खा पहिरो जाँदा इन्द्रवती नदी आंशिक रूपमा थुनिएको छ ।

नदी थप थुनिन सक्ने र नदीमा एक्कासी ठूलो बाढी आउन सक्ने भएकाले पाँचपोखरी, मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिकाका नदी तटीय क्षेत्रमा बस्ने बासिन्दालाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आग्रह गरेको छ ।

आवश्यक परेमा नजिकको सुरक्षा निकाय, आफ्नो पालिका वा जिल्ला प्रशासन कार्यालयको सम्पर्क नम्बर ९८५१२४३०८४ र ०११ ६२०४७० मा सम्पर्क गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

अन्तिम अपडेट: भदौ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया