सिन्धुपाल्चोकको इन्द्रावती नदीमा निरन्तर सुक्खा पहिरो : प्राथमिक अस्पतालसहितका संरचना जोखिममा

 भदौ ४, २०८१ मंगलबार ७:३३:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–७ तिपेनीमा निरन्तरको सुक्खा पहिरोले इन्द्रावती नदीमा जोखिम छ । अस्ति आइतवार रातिदेखि  झर्न थालेको पहिरो हिजो दिउँसो र गएराति पनि नरोकिएको गाउँपालिकाका प्रवक्ता एवम् वडा–६ का अध्यक्ष नारायण भट्टराईले जानकारी दिनुभयो ।

गएराति पहिरो खसेका कारण नदीको आधाजसो भाग एकैछिन थुनिएको थियो । नदी थुनिन सक्ने क्षेत्र वडा नम्बर एकमा पर्छ । सुक्खा पहिरो रहेको वडा नम्बर ७ को क्षेत्र हो । आकस्मिक रुपमा ठूलो पहिरो झरेमा इन्द्रावती नदी थुनिने त्रास छ ।

गाउँपालिकाका प्रवक्ता भट्टराईका अनुसार पहिरोले गर्दा पाँचपोखरी प्राथमिक अस्पतालसहित आसपासका केही संरचनामा जोखिम छन् । नदीको छेउमा माथिबाट खसेको पहिरोले ग्रेगान थुपारेको अवस्था छ तर आत्तिहाल्नुपर्ने गरी अहिलेलाई जोखिम नरहेको उहाँले बताउनुभयो ।

खोला जुनसुकै बेला थुनिन सक्ने जोखिम रहेकाले सतर्कता अपनाउनुपर्नेमा उहाँको जोड छ । नदी थुनिएमा तिपेनी बजार, इन्द्रावती जलविद्युत् आयोजना, मेलम्ची बजारसहित दोलालघाटसम्मको तटीय क्षेत्रमा असर पार्न सक्छ ।

यसअघि हिजो जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले विज्ञप्ति निकालेर उच्च सतर्कता अपनाउन आग्रह समेत गरेको थियो ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया