सर्लाहीमा बिजुलीका तार, पोल व्यवस्थित नहुँदा दुर्घटनाको जोखिम बढ्यो

 भदौ ५, २०८१ बुधबार १२:३०:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

सर्लाही – सर्लाहीमा विद्युत् प्राधिकरणले प्रसारणलाइनका तार, पोल व्यवस्थित गर्न नसक्दा दुर्घटनाको जोखिम बढेको छ । प्राधिकरणले गाडेको धेरै पोल जीर्ण र छोटो भएकाले विद्युत् प्रवाह हुने तार भुइँमा लत्रिएर दुर्घटनाको जोखिम बढेको हो ।

ग्रामीण बस्तीका बिजुलीका तार भुइँमा लत्रिएर स–साना रुख छुन थालेका छन् । लगातारको वर्षाले माटोमा गाडेको पोलसमेत ढल्ने अवस्थामा पुगेका छन् । यसरी भुइँमा लत्रिएका तारमा काग, परेवालगायतका पक्षी बस्दा विद्युत् अवरुद्ध हुने र तार शर्ट भएर आगलागीको घटनासमेत हुने गरेको स्थानीय बासिन्दा धनबहादुर पाडेले बताउनुभयो ।

विद्युत् प्राधिकरणको भुइँमा लत्रिएको तार व्यवस्थापन गरिदिन स्थानीय बासिन्दाले पटकपटक आग्रह गर्दासमेत सुनुवाइ नभएको बताएका छन् ।

मलङ्गवा वितरण केन्द्र, हिपुर वितरण केन्द्र र बरहथवा वितरण केन्द्रबाट प्रसारण हुने विद्युतका तार, पोल बढी जोखिममा रहेका छन् । त्यस क्षेत्रका ११ हजार भोल्ट करेन्ट प्रवाह भएका धेरै विद्युतका तारले रुख र सडक छोएका छन् । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया