हुम्लामा जीप दुर्घटना : घाइते ४ जनाकाे हेलिकप्टरमार्फत उद्धार

 भदौ ५, २०८१ बुधबार १८:३३:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

हुम्ला – हुम्लाको चङ्खेली गाउँपालिका वडा नम्बर २ र ३ को गर्खा नजिकै रहेको गौरी सल्लामा जीप दुर्घटना हुँदा गम्भीर घाइते भएका चार जनाको हेलिकप्टरमार्फत उद्धार भएको छ ।

सिम्रिक एअरको हेलिकप्टरमार्फत घाइतेहरूकाे उद्धार गरिएकाे चङ्खेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले जानकारी दिनुभयाे । चङ्खेली–२ का सुरेन्द्रबहादुर शाही र तिलबहादुर शाही, मुगुकाे रारा छायाँनाथ नगरपालिकाका रमेश मल्ल र पृथ्वी रावललाई हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेत लगिएकाे उहाँले बताउनुभयाे ।

यस्तै सामान्य घाइते भएका अन्य तीन जनालाई एम्बुलेन्समार्फत मुगु जिल्ला अस्पताल गमगढी लैजाने तयारी भइरहेकाे छ ।

आज बिहान कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरकाे जीप दुर्घटना भएकाे थियाे ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया