बाजुरामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो
फागुन २६, २०८१ सोमबार
काठमाडौं – स्वतन्त्र राष्ट्रिय अभियान नेपालका अभियान्ता एवम् अधिवक्ता दिनेशराज सत्यालको नेतृत्वमा स्रोत नखुलेको सम्पति सार्वजनिक गर्नको लागि नागरिक आयोग गठन गरिएको छ ।
स्वतन्त्र राष्ट्रिय अभियान नेपालले पत्रकार सम्मेलन गरेर नेता, प्रशासक, कर्मचारी, पत्रकारलगायतको स्रोत नखुलेको सम्पति सार्वजनिक गर्नको लागि अधिवक्ता सत्यालको नेतृत्वमा नागरिक आयोग गठन गरिएको जानकारी दिइएको छ ।
त्यस्तै आयोगको सदस्यमा डा. दामोदर त्रिपाठी, डा अमित देव, अधिवक्ता कृष्ण प्रसाई, वैज्ञानिक विजय अधिकारी, लेखाविज्ञ रमाकान्त झा, एक्च्युअरी सुजन नेपाली, मनोविज्ञ ललिता लिम्बू, गजेन्द्र ढकाललगायत छन् ।
स्वतन्त्र राष्ट्रिय अभियान नेपालका संयोजक स्वागत नेपालले स्रोत नखुलेको सम्पतिका साथै राज्यका महत्वपूर्ण सूचना विदेशीका एजेन्टलाई बेच्नेहरुको नाम, ठेगाना, सूचना र इमेल सार्वजनिक गर्न ‘भूमिगत साइबर गुरिल्ला’ गठन गरिएको बताउनुभयो ।
‘हामीले विगतमा बलात्कारको सिकार भएकी नारीहरुको लागि निःशुल्क रुपमा न्यायिक मैदानमा उभिएर बहस गर्यौं, भ्रष्ट, नैतिक पतन, समाजले बहिष्कार गरिएका व्यक्तिहरुलाई चुनावमा उठ्न नदिन आवाज बुलन्द गर्यौं, आज हामी देशको महत्वपूर्ण मुद्दा लिएर नेपाली नागरिककोबीचमा छौं, स्रोत नखुलेको सम्पति र महत्वपूर्ण सूचनाहरु बेच्ने राष्ट्रघातीहरुको विरुद्धमा साइबर गुरिल्ला परिचालन गरेका छौं, नेता, पत्रकार, व्यापारी र अन्य व्यक्तिहरुका गोप्य सूचना सार्वजनिक गर्नको लागि अधिवक्ता दिनेशराज सत्यालको नेतृत्वमा नागरिक आयोग गठन गरेका छौं’, नेपालले भन्नुभयो, ‘यसमा सबै नागरिकको साथ रहने विश्वास लिएका छौं ।’
राज्यले हरेक नागरिकको सुरक्षा अधिकारको प्रत्याभूति गराउन सक्नुपर्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘हामी माथिको सुरक्षा थ्रेटलाई मध्यनजर गर्दै केही मानिसहरुले सुरक्षा माग्नुहोस् भन्नुभएको थियो, हामीले सुरुदेखि नै महसुस पनि गरेका थियौं तर राज्यबाटै हामीमाथि सुरक्षा छैन ।’
संयोजक नेपालले हिजोका दिनसम्म बिहान खाए बेलुका के खाउँ भन्ने खालको जीवनस्तर भएका नेता, प्रशासक, व्यापारी, पत्रकारहरुको वर्तमान बिलासिताको अवस्थाका बारेमा अभियानले गहन अध्ययन अनुसन्धान गरी नागरिक आयोगले कारबाहीको लागि सिफारिस गर्ने बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Dr. WaaiBee
Dec. 12, 2018, 4:03 a.m.सक्ष्यम र इमान्दार नागरिकहरु यसरी पनि जुट्दैछन्: स्वागत जी तपाईंको यो कामको हामी मुक्त कण्ठले प्रासम्सा गर्छौ र तपाईंका हरेक गतिबिधी चासो पूर्वक नियाल्छौ । वास्तबमै हाम्रो यो अवस्थाको कारण भ्रस्टचार र बिशेष गरी भारतीय एजेन्सी रहको कुद्रिस्टी नै हो । तपाईंले सही एजेण्डा उठाउनु भएको छ । शुभकामना र आगामी दिनमा कार्यगत एकताको अपेक्ष्या । धन्यवाद !!