दाङ जिल्ला अन्तर्गत नेपाल–भारतका १६ सीमा स्तम्भ मर्मत हुन बाँकी

 पुष ११, २०७५ बुधबार १९:३०:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

दाङ – दाङ जिल्ला अन्तर्गतको नेपाल–भारत सीमा क्षेत्रमा रहेका १६ वटा सीमा स्तम्भ मर्मत गर्न बाँकी रहेको छ ।

मुख्य सीमा स्तम्भ ११ र सहायक ५ गरी १६ वटा सीमा स्तम्भ मर्मत गर्न बाँकी छ । जसमध्ये ४८ नम्बरको सीमा स्तम्भ खबरी खोलाले बगाएका कारण त्यहाँ नयाँ सीमा स्तम्भ निर्माण गर्नुपर्ने छ । दाङमा ७७ वटा सीमा स्तम्भ छन् ।

३७ वटा मुख्य र ४० वटा सहायक सीमा स्तम्भ छन् । खोलाले बगाएको सीमा स्तम्भ यसैवर्ष निर्माण गरिने दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताउनुभयो । जोड नम्बरको सीमा स्तम्भ भारतले र बिजोड नम्बरको सीमा स्तम्भ नेपालले मर्मत गर्नुपर्ने सम्झौता भएको छ । सोही बमोजिम सीमा स्तम्भ मर्मतको काम चलिहरको प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो ।

यसैगरी दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, सीमा सुरक्षा कार्यालय अर्जुनखोलाका प्रमुख एपसी तुलसिराम दाहाल, राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुख टेकराज तिमिल्सेना, पत्रकार शरद अधिकरी, दुर्गालाला केसी, दशरथ घिमिरेसहितको टोलीले सीमा क्षेत्रको सुरक्षा अवस्थाको बारेमा स्थलगत अनुगमन गरेको छ ।

टोलीले सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट कोइलावासका प्रमुखसँग छलफल गरेको छ । साथै नेपाल भारत सीमा छुट्याउन मर्मत गरिएका सीमा स्तम्भको स्थलगत अवलोकन गरिएको छ ।

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया