किन पर्‍याे हिलोसहितको पानी ?

 असार २, २०७५ शनिबार १०:५२:४ | उज्यालो सहकर्मी

काठमाडौं – पार्किङ गरेर राखेको मोटरसाइकल वा गाडीमा आज बिहानै हिलो देख्नुभयो ?

हिजाे राख्दा राम्रै भएको गाडी वा मोटरसाइकलमा हिलो कहाँबाट आयो भनेर अचम्ममा पर्नुभयो ? भूइँमा भएको धुलो पो उछिट्टिएर हिलो भयो कि भन्ने सोच्नुभयो कि ? तपाईँको गाडी वा मोटरसाइकलमा भूइँको हिलो लागेको होइन । शुक्रबार राति हिलोसहितकै वर्षा भएकाले त्यसो भएको हो । 

शुक्रबार राति नेपालका धेरै ठाउँमा हिलोसहितको पानी परेको छ । भारतको राजस्थान हुँदै नेपाल प्रवेश गरेको हावाले ल्याएको धुलोको कारण फोहोर पानी परेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार उच्च वायुमण्डलमा भारतबाट आएको धुलो टाँसिएपछि फोहोर पानी परेको हो । अरु बेलामा पनि उच्च वायुमण्डलमा भारतबाट धुलो आउने गरेको छ । तर पानी नपर्दा यो वायुमण्डलबाट नै मध्य क्षेत्र हुँदै पूर्वबाट बाहिरिने गरेको उहाँको भनाई छ । 

वर्षातको समयमा भने पानी पर्दा धुलो पनि सँगै झरेपछि फोहोर पानी परेको उहाँले जानकारी दिनुभयो । केही समयअघि अमेरिकाको हेल्थ इफेक्ट्स इन्स्टिच्युटले गरेको अध्ययनले भारतमा वायु प्रदुषणको मात्रा निकै उच्च भएको देखाएको थियो । 

नेपालमा बहने हावा भारत हुँदै आउने भएकाले त्यहाँको धुलो पनि सँगै आएको मौसमविद् रिमालको भनाई छ । हिलो पानी परेपछि के भयो भनेर धेरै जना अन्यौलमा परेका थिए । 
 

तस्बिरहरु  - सुवास कार्की र अर्जुन पाेख्रेलकाे ट्विटरबाट

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • sanyog chamling

    June 16, 2018, 3:08 p.m.

    oh!!!!! aaja bihani jaba ma dutyma compony aaye ,mero duty first dally stock physical ko kramma diesel tank purai matole potekojasto thiyo,maile pani sochnata estai shadakko dhulonai hola socheko thiye.

  •  0 Reply
  • sanyog chamling

    June 16, 2018, 3:07 p.m.

    oh!!!!! aaja bihani jaba ma dutyma compony aaye ,mero duty first dally stock physical ko kramma diesel tank purai matole potekojasto thiyo,maile pani sochnata estai shadakko dhulonai hola socheko thiye.

  •  0 Reply

तपाईको प्रतिक्रिया