हेलिकप्टर दुर्घटना : सबै शवको पोस्टमर्टम र परीक्षण आजै नसकिने

 फागुन १६, २०७५ बिहिबार १४:१५:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको छ ।   

पोस्टमर्टमका लागि डा.रामप्रसाद उप्रेतीलगायत सात जनाको टोली खटेको अस्पतालले जनाएको छ । टोलीका सदस्य उप्रेतीले एउटा शवको पोस्टमर्टमका लागि कम्तीमा एक घण्टा लाग्ने बताउनुभयो ।  

एउटा शवलाई एक घण्टा लाग्ने हुँदा सातै वटा शव पोस्टमर्टम गर्दा कम्तीमा पनि सात घण्टासमय लाग्ने उहाँले बताउनुभयो । 

पोस्टमर्टम सँगसँगै कतिपय शव नचिनिने अवस्थामा रहेकाले डीएनए परीक्षणमार्फत पनि छुट्याउनु पर्ने भएकाले त्यसका लागि थप समय लाग्ने उहाँले बताउनुभयो । 
त्यसैले आजै पोस्टमर्टमको रिपोर्ट दिएर शव निकाल्ने अवस्था नरहेको भन्दै उहाँले रातभर परीक्षण गरेर भोलि बिहान मात्रै शव दिन सकिने सम्भावना रहेको बताउनुभयो ।  

नेपाल कम्युनिष्ट पार्टी नेकपाले आजै मन्त्री अधिकारीको शव श्रद्धाञ्जलीका लागि खुलामञ्चमा राख्ने भनेकाले पहिला उहाँकै पोस्टमर्टम गरिने पनि डा.उपे्रतीले बताउनुभयो ।   

बुधबार अपरान्ह पौने १ बजे ताप्लेजुङमा एयर डानेस्टीको हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियाे ।

दुर्घटनामा परि हेलिकप्टरमा सवार मन्त्री अधिकारीसहित प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभोया, मन्त्री अधिकारीका पीएसओ अर्जुनकुमार घिमिरे र  क्याप्टेन प्रभाकर केसीको निधन भएको थियो ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया