नेपालविरुद्धको सिरिजका लागि एमसीसीकाे टिम घोषणा

 कात्तिक १२, २०७६ मंगलबार ९:५७:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल विरुद्धको सिरिजका लागि मेरिलबोन क्रिकेट क्लब एमसीसीले टिमको घोषणा गरेको छ । जिम्मी एडम्सको कप्तानीमा रहने टिममा १३ खेलाडी रहेका छन् ।

नेपाली राष्ट्रिय टिमविरुद्ध तीन टी-२० र तीन एक दिवसीय सिरिजका लागि आउन लागेको एमसीसी टिममा अधिकांश खेलाडी इंग्ल्याण्डको यू-१९ टिमबाट खेलिसकेका खेलाडी रहेका छन् । टिमको कप्तानी गर्ने एड्म्स टिमका अनुभवी खेलाडी हुन् ।

नेपाल विरुद्ध घोषणा गरेको एमसीसी टिम यसप्रकार रहेको छ ।

जिम्मी एडम्स ९कप्तान०, यासिर अराफात, बिली गोड्लीमन, विल रोड्स, क्रिस राइट्, टोम वेस्ट्ले, एलेक्स स्पेन्सेर, एलेक्स थमसन, कालुम ज्याक्सोन, ओलिभर हानोन डाल्बे, इड योङ, मिल्स हामोड, विल भेन्देरस्पेर रहेका छन ।

यस्तै टिममा चार जना अफिसियल रहेका छन् । जसमा म्यानेजरमा रिचार्ड ग्रेटोरेक्स, प्रशिक्षकमा ओइन डोकिन्स, अम्पायरमा जेफ इमेन्स, स्कोरर एलान जोन्स छन् ।

टिममा रहेका विल रोड्सले २०१४ मा इंग्ल्याण्डको यू १९ टिमबाट खेलेका थिए यस्तै पाकिस्तान टिमबाट टेष्ट खेलिसकेका यासिर अराफाट पनि टिममा रहेका छन । उनले २००० देखि २०१२ सम्म पाकिस्तानबाट टेष्ट टिममा रहेका थिए ।

यस्तै टोम वेस्ट्लेले इंग्ल्याण्डका लागि ५ वटा टेष्ट खेलिसकेका छन । जिम्मी एड्म्सले यसअघि पनि नेपाल विरुद्ध खेलिसकेका छन । नेपालले इंग्ल्याण्डमा अभ्यास खेल खेल्दा उनले ७१ रन बनाएका थिए । सो बेला उनले क्रोस सिम्बोडियन विरुद्ध खेलेका थिए । सो खेलमा नेपाल १९ रनले पराजित भएको थियो ।

एमसीसी टिमले नोभेम्बर एक तारिख देखि १४ तारिखसम्म नेपालमा मैत्रीपुर्ण खेल खेल्नेछ । यसका साथै एमसीसीले नेपालमा पिच, प्रशिक्षक एडुकेसन, किट प्रोभिजनमा सहयोग गर्नेछ । यसका साथै पोखरामा नयाँ स्कुल प्रतियोगिता आयोजना गर्नेछ ।

यो टुरमा एमसीसीले एउटा तीन दिवसिय, दुई ५० ओभरको खेल र तीन टी २० खेल खेल्नेछ । यसका साथै एमसीसी फाउन्डेसनले पाँच वटा सरकारी स्कुलमा क्रिकेटसम्बन्धी सहयोग गर्नेछ ।

एमसीसीको नेपालमा खेल तालिका 

३ नोभेम्बर, एमसीसीविरुद्ध नेपाल यू–१९ टिम - ५० ओभर
४ नोभेम्बर, एमसीसीविरुद्ध नेपाल सिनियर टिम - ९५ ओभर
६ देखि ८ नोभेम्बर, एमसीसीविरुद्ध नेपाल - तीन एक दिवसीय
९ नोभेम्बर, पहिलो टी-२० एमसीसीविरुद्ध सिनियर र यू १९ को मिक्स टिम

पोखरामा हुने खेल

११ नोभेम्बर, एमसीसीविरुद्ध पोखरा आमन्त्रण ११
१२ नोभेम्बर, एमसीसीविरुद्ध मुख्यमन्त्री ११

माथिका दुवै खेल २० ओभरका हुनेछन् ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया