सात प्रदेशमा प्रमुखकाे नाम सिफारिस (नामसहित)

 कात्तिक १८, २०७६ सोमबार १३:५२:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले सातै प्रदेशका प्रमुखहरुको नाम टुंगो लगाएको छ ।  

आइतबार सरकारको सिफारिसमा राष्ट्रपतिले सातै प्रदेश प्रमुखको पदमुक्त गर्नु भएकाे थियाे । नेकपा सचिवालयले रिक्त रहेको प्रदेश प्रमुखको पदमा मनोनयन गर्न नेपाल सरकारसँग सिफारिस गर्ने निर्णय गरेको पार्टीका महासचिव विष्णु पौडेलले बताउनुभयो । 

पार्टीले अमिक शेरचन(चितवन), सोमनाथ अधिकारी प्यासी(कास्की), तिलक परियार(बाँके), धर्मनाथ यादव(सिरहा), गोविन्द कलोनी(डडेलधुरा), विष्णु प्रसाईँ(झापा) र शर्मिला त्रिपाठी(काठमाण्डाै) को नाम सिफारिस गरेको छ । 

कुन प्रदेशका लागि कसलाई पठाउने भन्ने बारेमा भने सरकारले निर्णय गरेर राष्ट्रपतिकाेमा सिफारिस गर्ने महासचिव पाैडेलले बताउनु भयाे । 

याे पनि पढ्नुहाेस्


अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया