जेठ २ गतेसम्म भिसा लागेका कामदारले मलेसिया जान पाउने

 साउन ६, २०७५ आइतबार १४:५९:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – जेठ २ गतेसम्म भिसा लागेका नेपाली कामदार मलेसिया जान पाउने भएका छन् । मलेसिया जाने कामदारसँग विभिन्न संस्थाले गैरकानुनी रुपमा रकम लिएर ठगेको भन्दै मलेसिया जान लगाइएको रोकमा जेठ २ गतेसम्म प्रक्रिया पुरा गरेका कामदारलाई मलेसिया जान अन्तिम श्रम स्वीकृति दिने निर्णय भएको हो । 

मलेसिया जाने कामदारसँग रकम असुलेर भइरहेको ठगी अन्त्य गरी सहज प्रक्रियाबाट रोजगारीमा जाने व्यवस्था मिलाउन गम्भिर रहेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अहिलेको समस्या समाधानका लागि पहल भइरहेको जनाएको छ । 

मलेसिया जाने कामदारलाई ठगेको भन्दै सरकारले ३९ स्वास्थ्य संस्थाको सिन्डिकेट अन्त्य गरी मापदण्ड पूरा गरेर मन्त्रालयमा सूचीकृत भएका स्वास्थ्य संस्थाहरुबाट स्वास्थ्य परीक्षण गर्न पाउने निर्णय गरिसकेको छ । 

स्वास्थ्य परीक्षण र प्रवेशाज्ञा प्रक्रियाका लागि सरकारले तोकेभन्दा धेरै रकम लिएर मलेसिया पठाएको भन्दै वान स्टप सेन्टरका सञ्चालक राम श्रेष्ठलगायत ४४ जनालाई प्रहरीले पक्रिएको छ । 

वान स्टप सेन्टर र भिएलएनले बायोमेट्रिक प्रणालीका नाममा ४ हजार ५ सय रुपैयाँ, स्वास्थ्य परीक्षणका लागि सफ्टवेयरमा नाम दर्ता गर्ने गरी माइग्रामका नाममा ३ हजार ४ सय, पासपोर्ट संकलन गरी नेपालमा रहेको मलेसियन दुतावाससम्म पुर्‍याउन २ हजार ८ सय र भिसा प्रक्रियाका लागि ३ हजार २ सय गरी एक जना कामदारबाट १९ हजार ३ सय ३ रुपैयाँ लिने गरेका थिए ।

उनीहरु विरुद्ध ३ अर्व १० करोड ५५ लाख बराबरको बिगो दाबीसहित अदालतमा मुद्दा दायर भएर कानुनी प्रकृयामा चलिरहेको पनि मन्त्रालयले स्पष्ट पारेको छ । 

यसरी विभिन्न बहानामा रकम लिइने काम बन्द गर्न मलेसिया सरकारसँग परराष्ट्र मन्त्रालय मार्फत पहल भइरहेको पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । 


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Dayanand manadal

    July 22, 2018, 3:33 p.m.

    अरु कतिदिनसम्म पर्खिनु पर्छ त मलेसिया जानको लागि नयाँकामदारलाई ...२ महिना भैसक्यो अहिलेसम्म केहि गरेको छैन सरकारले / आखिर किन ?

  •  0 Reply

तपाईको प्रतिक्रिया