जीपको छतबाट हाम फाल्दा तेह्रथुममा एक युवकको ज्यान गयो

 भदौ १, २०७७ सोमबार १५:१७:१६ | उपेन्द्र येक्तेन
unn.prixa.net

प्रतिकात्मक तस्बिर

पाँचथर – तेह्रथुमको आठराई गाउँपालिका ३ काे ह्वाकू हाँगेक्पामा जीप (ट्याक्सी) को छतबाट हाम फाल्दा सोमबार एक युवकको ज्यान गएकाे छ । जीपकाे छतबाट हाम फाल्दा निघुरादिन घर भएका १७ वर्षीय रविन तामाङको घटनास्थलमै ज्यान गएकाे हाे । 

ताप्लेजुङकाे आठराई त्रिवेणी गाउँपालिका १ काे निघुरादिनबाट तेह्रथुमको आठराई गाउँपालिकाकाे सङ्क्रान्तिबजार आउँदै गरेको जीप उकालो सडकमा चढ्न नसकेर पछाडि सरेपछि रविन छतबाट हाम फालेका थिए । हाम फालेका रविनलाई त्यही जीपले किच्दा घटनास्थलमै ज्यान गएकाे इलाका प्रहरी कार्यालय सङ्क्रान्तिबजारका प्रहरी निरीक्षक शेशकराम थान्दारले जानकारी दिनुभयो ।

घटनापछि मे १ ज ४२६ नम्बरको जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया