पाँचथर : आज राति १२ बजेदेखि फिदिम बजार एक हप्ताका लागि बन्द हुने

 भदौ ११, २०७७ बिहिबार १३:२:३ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर - पाँचथरको फिदिम नगरपालिकाले एक हप्ताका लागि अत्यावश्यक बाहेक सबै बजार पसल बन्द गर्ने निर्णय गरेको छ । 

अस्ति मंगलबार तीन प्रहरीसहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि फिदिम नगरपालिकाले एक हप्ताका लागि अत्यावश्यक बाहेक सबै बजार पसल बन्द गर्ने निर्णय गरेको नगरपालिकाका मेयर ओनाहाङ नेम्बाङले जानकारी दिनुभयो । 

कोरोनाको संक्रमण बढ्दै गएकाले अति आवश्यक नपरी हिँड्डुल नगर्न तथा बजार पसल नखोल्न नगरपालिकाले अपिल गरेको छ । यस्तै जिल्लामा शुक्रबारदेखि एक हप्ताको लागि अत्यावश्यक बाहेकका गाडी चलाउन रोक लगाइएको छ । 

आउँदो १८ गते बिहीबारसम्म अत्यावश्यक बाहेकका गाडी चलाउन रोक लगाइएको प्रमुख जिल्ला अधिकारी अर्जनुकुमार गुरागाँईले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया