पाँचथरमा क्याम्पस र विद्यालयमा निर्माण गरिएका क्वरेण्टीन हटाइँदै

 असोज १५, २०७७ बिहिबार १२:१०:४७ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर - पाँचथरको सदरमुकाम फिदिममा रहेको फिदिम मावि र पाँचथर बहुमुखी क्याम्पसमा बनाइएको क्वरेण्टीन स्थानान्तरण गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय पाँचथरमा सम्पन्न कोभिड-१९ संकट व्यवस्थापन समितिको बैठकले फिदिम मावि र पाँचथर बहुमुखी क्याम्पसमा बनाइएको क्वरेण्टीन फिदिम ४ को कृषि सामग्री कम्पनीको भवनमा स्थानान्तरण गर्ने निर्णय गरेको हो ।

विद्यालयलाई क्वरेण्टीन नबनाइँदा शैक्षिक गतिविधिसँगै प्रशासनिक काम गर्न र प्रयोगात्मक परीक्षा सञ्चालन गर्न कठिनाइ भएको भन्दै शैक्षिक संस्थाले पत्र लेखेपछि स्थानान्तरण गर्ने निर्णय भएको हो ।


 

अन्तिम अपडेट: बैशाख ६, २०८१

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया