पाँचथर : किसानलाई पुरस्कारस्वरुप एक लाख रुपैयाँ वितरण

 मंसिर १७, २०७७ बुधबार १२:०:३४ | उपेन्द्र येक्तेन

पाँचथर - पाँचथरको मिक्लाजुङ गाउँपालिकाले पालिकाका ८८ जना किसानलाई प्रोत्साहन स्वरुप पुरस्कार वितरण गरिएको छ ।

धान, मकै र आलु उत्पादन गर्ने किसानलाई पुरस्कार दिइएको हो । ४० मुरीभन्दा बढी धान उत्पादन गर्ने, मकै राख्ने थाङ्ग्रो २० फिट लम्बाइ र दुई फिट चौडा भएको भन्दा बढी उत्पादन गर्ने किसानलाई गाउँपालिकाले प्रति किसान एक लाख रुपैयाँ प्रोत्साहन पुरस्कार दिएको हो । 

गाउँपालिकाका अध्यक्ष अमर माखिमका अनुसार ४० मुरीभन्दा बढी धान फलाउने ४२ जना र तोकिएको मापदण्डअनुसार मकै फलाउने ४६ जना किसानलाई पुरस्कार दिइएको हो । किसान बलबहादुर भण्डारीले भने मकै र धान दुवैमा तोकिएको मापदण्ड पूरा गरेकाले दुई लाख रुपैयाँ पाउनु भएको छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया