पश्चिमी वायुको सामान्य प्रभाव : कोशी र गण्डकी प्रदेशका पहाडी ए...
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले निरंकुशताविरुद्ध लडेको मान्छे स्वाभिमानकाे पक्षमा हुने बताउनुभएकाे छ ।
शनिबार भरतपुरमा नेकपा ओली समूहले आयोजना गरेको जनसभामामा बाेल्दै निरंकुश राजतन्त्र, पञ्चायती तानाशाही र कुनै पनि अवस्थामा घुँडा नटेकेको आफूलाई अहिले निरंकुशको संज्ञा दिएको बताउनुभयाे । प्रधानमन्त्री ओलीले आफू सधैं नागरिक सर्वोच्चता र स्वाभिमानका पक्षमा रहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले घोषणा गरिएकै मितिमा चुनाव हुने दाबी पनि गर्नुभएको छ । नयाँ जनादेशका लागि चुनाव घोषणा गरेको भन्दै चुनावको मितिमा कुनै तलमाथि नहुने बताउनुभयाे ।
कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले संसद् विघटन संवैधानिक काम भएको बताउनुभयो । उहाँले चुनावमार्फत् यसको जवाफ पाउने भन्दै अहिले पार्टीमा शुद्धिकरणको काम भइरहेको दाबी गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।