अग्नि मोटो इन्कले ल्यायो थ्रीह्वीलर

 भदौ २, २०७५ शनिबार ६:२४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - महिन्द्रा टु ह्वीलर्स नेपालको लागि आधिकारिक बिक्रेता अग्नि मोटो इन्कले नयाँ विद्युतीय सवारी ई–अल्फा थ्रीह्वीलर ल्याएको छ । तराईका बुटबल, भैरहवा, लाहान तथा विराटनगरमा यस्तो विद्युतीय सवारी ल्याइएको हो ।  

यो एकपटक चार्ज गरेपछि ८५ किलोमिटर सम्म गुड्न सक्दछ । २५ किलोमिटर प्रति घण्टाका दरमा कुद्न सक्ने क्षमता रहेको कम्पनीले जनाएको छ । १ हजार वाटको मोटर तथा कन्ट्रोलर भएको यस सवारीमा ४८ भोल्ट १२० ए एचको ब्याट्री लाग्दछ । 

कम्पनीका अनुसार यसमा धेरै भारबहन क्षमता, अधिकतम सुविधा रहेको छ । अन्य प्रतिस्पर्धी सवारीहरुको तुलनामा यो चढ्न र चलाउन अझ बढी सहज हुने पनि कम्पनीले जनाएको छ । 

सवारी शानको भरोसा महिन्द्राको भन्ने नाराका साथ बजारमा ल्याइएको यस सवारीको विशेषता भनेको शून्य उत्सर्जन रहेको छ । यो पूर्ण रुपमा वातावरण मैत्री तथा सुरक्षित सवारीको रुपमा रहने छ । 

सबै नयाँ इ अल्फामा कम्पनीले २ वर्षको वारेन्टी, ब्याट्रीमा ६ महिनाको वारेन्टी तथा ६ महिनासम्म निःशुल्क सर्भिसिङ्ग उपलब्ध गराएको छ । 

सन् १९९१ मा नेपालमा स्थापना भएको अग्नि ग्रुप प्रा.लि अन्तर्गत अग्नी इन्कर्पोरेटेड प्रा.लि., अग्नि इनर्जी प्रा.लि., अग्नि मोटोइन्क प्रा.लि., बालाजू अटो वक्र्स प्रा.लि.रहेका छन् । 
 

अन्तिम अपडेट: फागुन २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया