पहिरो र बाढीले विद्यालयकाे भवन र पानीघट्ट बगायो

 भदौ २, २०७५ शनिबार १८:४५:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

बझाङ – बिहीबारदेखि लगातार परेको वर्षाका कारण तल्कोट गाँउपालिका ३ मा पर्ने विश्वनाथ प्राविको निर्माणधीन भवन पहिरोले बगाएको छ ।

शुक्रबार राति आएको पहिरोले विश्वनाथ प्राविको २ कोठे १ तले पक्की भवन बगाएको हो । तल्कोट गाँउपालिका र वडा नम्बर ३ को झण्डै १० लाखको लागतमा निर्माण गरी सम्पन्न हुन लागेको पक्की भवन रातको पहिरोले बगाएको तल्कोट गाउँपालीका वडा नम्बर ३ का वडा अध्यक्ष भरतबहादुर बोहराले बताउनुभयो ।

यस्तै पहिरोका कारण नजिकै रहेको महिला सामुदायिक भवनमा समेत क्षेति पुगेको स्थानीयबासिन्दा विष्णु रोकायाले जानकारी दिनुभयो । गाउँपालिकाको सहयोगमा निर्माणधीन अवस्थामा रहेको झण्डै चार लाख बराबरको महिला सामुदायिक भवन समेत पहिरोले बगाएका हो । 

विद्यालय पहिरोले बगाएपछि स–साना बालबालिकाहरुको पढाई प्रभावित बनेको छ । स्कुलमा भएका फर्निचर टेबुलहरु समेत पहिरोले पुरेको स्थानीयबासिन्दा विष्णु रोकायाले बताउनुभयो । तल्कोट गाउँपालिका ३ को बष्टी गाउँमा रहेको ठूलाखोला भन्ने ठाँउबाट रातको समयममा पहिरो आएको हो । 

पहिरोले स्थानीयबासिन्दाले कुटानी मिसानी गर्ने पानीघट्ट समेत खोलाले बगाइदिएको छ । पहिरोले २–३ घरमा क्षति पुगेको वडा अध्यक्ष भरत बोहराले बताउनुभयो । पहिरोले खेतीयोग्य जमिनमा पनि असर पुर्याएको छ । 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया