सोलुखुम्बुमा भाइरल सङ्क्रमण, फाप्लु अस्पतालमा क्षमताभन्दा बढी बि...
चैत १, २०८१ शुक्रबार
काठमाडौं - नेपाली सेनाको कल्याणकारी कोषमा ४१ अर्ब २९ करोड ८२ लाख ४६ हजार रुपैयाँ जम्मा भएको छ । सेनाले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार कोषमा ३५ अर्ब ७७ करोड २४ लाख ५९ हजार नगद छ भने ५ अर्ब ५२ करोड ५७ लाख ८७ हजार लगानी छ । १४ परियोजनामा लगानी भैरहेको सेनाले जनाएको छ ।
सेनाको कल्याणकारी कोष २०३२ सालमा सुरु भएको हो । त्यतिबेला १ करोड २४ लाख १ हजार रुपैयाँ थियो । त्यसपतिका ४३ वर्षमा सेनाको कोषमा तीन लाख सेनाले बैंकमा जम्मा गरेको नगदबाट बर्सेनि ३ अर्ब २० करोड रुपियाँ ब्याज आउने गरेको छ ।
सेनाले क्यापिटल मर्चेन्ट तथा फाइनान्स, युनाइटेड बैंक, सम्झना फाइनान्सलगायतमा राखेको २२ करोड रुपैयाँ ऋण उठाउन सकेको छैन भने राष्ट्रसंघीय मिसन सुडानका लागि कोषको रकमबाट खरिद भएका सामानको भुक्तानीबापत २२ करोड रुपैयाँ लिन बाँकी छ ।
‘सेनाले व्यापारका लागि नभएर बहाल र भूतपूर्व गरी करिब आठलाख सैनिकको हितका लागि परियोजना सञ्चालन गरेको सेनाको कल्याणकारी योजना निर्देशनालयका निर्देशक सहायकरथी रघु भण्डारीले बताउनुभयो ।
उहाँकाअनुसार सेनाले शिक्षा, स्वरोजगार, आवास सुविधा, आर्थिक राहत कार्यक्रम, लघुवित्त÷सुलभ घर कर्जा, क्रियाकर्म अनुदान, कल्याणकारी निवृत्तिभरण, स्वास्थ्योपचार सेवा र सुविधा, छात्रवृत्तिमा कोषको रकम खर्च गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।