चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै, डिजिटल फ्रेमवर्क कार्यान्वयनमा ल्याएको प्रधानमन्त्रीको दाबी

 बैशाख १९, २०७८ आइतबार ९:१:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०७८ मनाइँदै छ ।

नेपाल सरकारले समृद्ध नेपालको आधार सूचना तथा सञ्चार प्रविधिको विस्तार भन्ने नाराका साथ यो वर्षको दिवस मनाउँदै छ।

सूचना तथा सञ्चार प्रविधिको विकास र प्रवर्द्धन गर्न हरेक वर्ष मे २ तारिखमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाउने गरिएको छ । दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले यो दिवसले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सहयोग गर्ने बताउनुभयो।

उहाँले डिजिटल पूर्वाधार तथा प्रविधिको विकास र विस्तार गरी अर्थतन्त्रमा सञ्चार तथा सूचना प्रविधिको योगदान बढाउन र सुशासन, समृद्धि र विकासका लागि सरकारले डिजिटल फ्रेमवर्क कार्यान्वयनमा ल्याएको बताउनुभयो ।

कोरोना महामारीको समयमा सूचना प्रविधिको माध्यमबाट सचेतना जगाउने कार्यमा सफलता प्राप्त भएको भन्दै प्रधानमन्त्री ओलीले सूचना प्रविधिको बढ्दो प्रयोग, निरन्तर विकास, विस्तार एवं गतिशीलताबाट प्राप्त अवसरहरुलाई सदुपयोग गर्न आग्रह गर्नुभयो।

प्रधानमन्त्री ओलीले सूचना प्रविधिको विकाससँगै हुनसक्ने दुरुपयोगलाई पनि रोक्न सक्नुपर्नेमा जोड दिनुभयो । साथै उहाँले साइबर सुरक्षा तथा सरकारी तथ्याङ्कको सुरक्षासम्बन्धी विषयमा ध्यान केन्द्रीत हुन आवश्यक रहेको बताउनुभयो ।

डिजिटल प्रविधिको प्रयोगबाट सेवा प्रवाह, उत्पादन र उत्पादकत्व अभिवृद्धि गरी अर्थतन्त्रको बृहत्तर आयामहरुको रुपान्तरण गर्न, विकास र समृद्धिका लक्ष्यहरु हासिल गर्न, प्रविधिको प्रयोगलाई विश्वसनीय बनाउन सम्बन्धित पक्षलाई ओलीको आग्रह छ ।

उहाँले  नागरिकलाई विद्युतीय माध्यमबाट सरल, सहज, सुलभ तथा विश्वसनीय रुपमा सेवा उपलब्ध गराउन प्रविधि क्षेत्रसँग सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया