एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
माघ २, २०८१ बुधबार
काठमाण्डाै – आज पनि कोरोना सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या धेरै भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार नौ सय ३९ जना सङ्क्रमित थपिँदा सात हजार दुई सय २६ जना निको भएका छन् ।
आज निको हुने सात हजार दुई सय २६ जनासँगै अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या चार लाख १८ हजार आठ सय २९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २० हजार चार सय १४ जनाको पीसीआर परीक्षण गर्दा ६ हजार सात सय ३१ जना र पाँच सय ७८ जनाको एन्टिजेन परीक्षण गर्दा दुई सय आठ जना गरी ६ हजार नौ सय ३९ जनामा सङ्क्रमण देखिएको छ । अहिलेसम्म सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या पाँच लाख ४२ हजार दुई सय ५६ पुगेको छ ।
यस्तै थप एक सय ६ जनाको ज्यान गएको विवरण प्राप्त भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ हजार नौ सय ५१ पुगेको छ । अहिले नेपालमा एक लाख १६ हजार चार सय ७६ जना सक्रिय सङ्क्रमित छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।