बागमती प्रदेशले तीन वर्षदेखि साधारणसभा नगर्ने सहकारी संस्थाको...
फागुन २९, २०८१ बिहिबार
काठमाडौं – बिहान ११ बजेको लागि बोलाइएको नेपाली कांग्रेस केन्द्रिय कार्य समिति बैठक ६ घण्टापछि सुरु भएको छ ।
महासमिति बैठकको विधि, प्रक्रियालगायतका विषयमा शीर्ष नेतृत्वबीच सहमति जुटन नसकेपछि पार्टीको केन्द्रीय कार्य समितिको बैठक तोकिएको समयभन्दा ६ घण्टा ढिला सुरु गरिएको हो ।
पार्टीको आसन्न महासमिति बैठकको मिति तय गर्ने लगायतका एजेन्डामा शीर्ष तहमै मतभेद भएपछि बैठक तोकिएको समयभन्दा ६ घण्टा ढिलो सुरु भएको पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिनुभयो ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा मुलुकको पछिल्लो राजनीतिक परिस्थितिको बारेमा पनि छलफल हुनेछ ।
कांग्रेसले संघीय ढाँचा अनुसारको विधान संशोधन गर्ने मूल एजेन्डाका लागि पार्टीको महासमिति बैठक बोलाउन लागेको हो । महासमिति बैठकमा विधानको मस्यौदा पेश गर्न महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको विधान संशोधन मस्यौदा समिति गठन भइसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।