कञ्चनपुर प्रकरणबाट तानिएका एसपी विष्ट निलम्बित

 भदौ ९, २०७५ शनिबार १७:५१:१४ | उज्यालो सहकर्मी

काठमाडौं – कञ्चनपुर घटनाको उचित व्यवस्थापन गर्न नसकेको भन्दै प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निलम्बन गरिने भएको छ ।

गृहमन्त्री, गृह सचिव र तीनवटै सुरक्षा निकायका प्रमुखसहितको बैठकले कञ्चनपुर घटनाको छानबिन नसकिएसम्म एसपी विष्टलाई निलम्बन गर्न नेपाल प्रहरीलाई पत्र पठाउने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले उज्यालोलाई जानकारी दिनुभयो ।

यस्तै प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेट्ठी र निर्मला पन्तको मुद्दा हेरेका प्रहरी निरीक्षक एकेन्द्र खड्कालाई प्रहरी प्रधान कार्यालय बोलाउन पनि गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको उहाँले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया