बागमती प्रदेशले तीन वर्षदेखि साधारणसभा नगर्ने सहकारी संस्थाको...
फागुन २९, २०८१ बिहिबार
रौतहट - रौतहटको सदरमुकाम गौर नगरपालिकाको वडा नम्बर ४ काे लालबकैया नदीमा डुंगा डुबेको छ ।
४० जनाजति चढेको डुंगा डुबेको प्रहरीले पुष्टि गरे पनि घटनाको थप विवरण आउन बाँकी रहेको बताइएको छ । डुंगामा रहेकामध्ये ५ जना पौडेर ज्यान जोगाएको प्रहरीले जनाएको छ ।
रौतहटका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, नेपाल प्रहरी उपरिक्षक केदार ढकाल, सशस्त्र प्रहरी उपरिक्षक कृष्ण ढकाल घटनास्थलमा पुगेका छन् ।
घटनास्थलमा उद्धारका सामग्रीसहितका सुरक्षाकर्मी पुगे पनि रातको समय भएको र नदीमा ठूलो बाढी आएकाले उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।
घटनास्थल नेपाल भारत सीमा नजिकै पर्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
manish dulal
Aug. 25, 2018, 8:47 p.m.घट्ना सुन्दा दुखलाग्यो अाफ्नै ठाऊमा यस्तो घट्ना हुदा कस्लाई दुख नलाग्ला घाइतेलाइ सिघ्र स्वास्थ्य लाभकोकामना।