सरकारसँग देउवाको प्रश्न, ‘न्यायको खोजीमा गएका पीडितको ज्यान लिने यो कस्तो कानुनी राज्य हो ?’

 भदौ १०, २०७५ आइतबार १४:५१:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको चर्को आलोचना गर्नु भएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै सभापति देउवाले महिला र बालबालिकामाथि हत्या, हिंसा, बलात्कारलगायतका घटना बढिरहँदा पनि राज्य निरिह देखिएकोमा आपत्ति जनाउनुभएको छ ।

प्रमुख प्रतिपक्ष दलका नेता समेत रहनु भएका उहाँले बलात्कारसहितका जघन्य अपराधबाट मुक्तिका लागि न्याय माग्न जाँदा राज्यले उल्टै गोली हानेर मार्ने काम गरेको भन्दै सरकारको त्यस्तो कार्यको निन्दा र भत्सर्ना गर्नुभयो ।

कञ्चनपुरमा किशोरी निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै भएको हिंसात्मक घटनामा प्रहरीले गोली चलाउदा एकजना बालकको ज्यान गएको थियो । राज्य पक्षबाटै बालकको ज्यान लिने काम भएकोमा सभापति देउवाले रोष प्रकट गर्नुभयो ।

सभापति देउवाले न्यायको खोजीमा गएका पीडितलाई नै ज्यान लिने यो कस्तो कानुनी राज्य हो भनि प्रश्न पनि गर्नुभयो । न्यायपालिकालाई कार्यपालिकाको लाचार छायाँ बनाउन खोजेको पनि सरकारमाथि सभापति देउवाको आरोप छ ।

उहाँले न्यायपालिकाको भूमिका खुम्च्याउने कोशिश नगर्न पनि सरकारलाई चेतावनी दिनुभयो ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया