बागमती प्रदेशले तीन वर्षदेखि साधारणसभा नगर्ने सहकारी संस्थाको...
फागुन २९, २०८१ बिहिबार
खोटाङ – खोटाङको साकेला गाउँपालिका–४, मात्तिम मानेभञ्ज्याङमा मटितेलको गन्ध आउने ड्यु फेला परेको छ ।
स्थानीय एक पसलमा बिक्रीका लागि राखिएको जम्बो ड्युमा मटितेलको गन्ध आएपछि उपयोग नै नगरी फालिएको छ । गाउँपालिकाका कर्मचारी, इलाका प्रहरी कार्यालय मात्तिमका प्रहरी, स्थानीय शिक्षकलगायतले पिउनका लागि किनेको २.२५ लिटरको जम्बो ड्युमा मटितेलको गन्ध आएपछि फालिएको साकेला गाउँपालिकाका प्रमुख अर्जुन खड्काले बताउनुभयो ।
ग्लासमा खन्याइएको ड्यु पिउनेक्रममा मटितेलको गन्ध आएपछि बोत्तलको मुखमा सुघ्दा समेत मटितेलको गन्ध आएको थियो । मिसावटको शंका लागेपछि पसलमा गएर अन्य जम्बो ड्युको बोत्तल खोल्दा समेत सबैमा उस्तै समस्या देखिएको गाउँपालिकाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
prabhat kiran thakuri
Aug. 26, 2018, 7:58 p.m.उज्यालोमा खबर त धेरै आउँछ, तर फलोअप निकै कम गरेको पाएको छु / यो विषय निकै नै गम्भीर विषय हो, त्यसैले उपभोक्ताको अधिकार अनि नयम कानुन विपरित चलेको त्यो कम्पनि माथि कारवाही अगाडि बढाउन दवाव दिनुहुन्छ भन्ने आशा छ /