स्थायी बासस्थानको आशामा बित्यो काभ्रेका बाढीपहिरो पीडितको एक ...
कात्तिक १६, २०८१ शुक्रबार
एकता कपूर उनको १० वर्ष पुरानो टेलिभिजन शो ‘कसौटी जिन्दगी की’ लाई नयाँ रुपमा लिएर आउँदैछिन् ।
अहिले यसको सिक्वेलको तयारी भइरहेको छ । सिरियलको नाम ‘कसौटी जिन्दगी की २’ हो । यस सिरियलको टाइटल गीत पनि पहिले जस्तै बनाइएको छ । यसको प्रोमो यसअघि नै रिलिज गरिसकिएको छ भने अहिले प्रोमोशनल भिडियोहरु छायाँकन भइरहेका छन् ।
यस नयाँ सिक्वेलका लागि एरिका फर्नान्डीजले प्रेरणा र पार्थ समथानले अनुराग बासुको भूमिका निर्वाह गर्नेछन् । यस सिरियलसँग अभिनेता शाहरुख खान पनि जोडिएका छन् । अहिले शाहरुखले यस शो का लागि लिएको रकमको चर्चा भइरहेको छ । बलिउड सुपरस्टार शाहरुख खानले यस सिरियलका लागि ८ करोड रुपैयाँ लिने भएका छन् ।
The epic saga of love returns. #KasautiiZindagiiKay, Coming Soon only on StarPlus. pic.twitter.com/fHcMN3jbJc
— StarPlus (@StarPlus) August 17, 2018
खबरहरुका अनुसार टेलिभिजन च्यानल शाहरुखसँग एउटा मात्रै प्रोमोशनल भिडियो शुट गर्न चाहन्थ्यो ।
तर पछि एउटा भिडियो मात्रै नभई चारवटा भिडियो बनाउने निर्णय गरियो । उक्त भिडियोहरु छिट्टै नै सार्वजनिक गरिनेछन् । शाहरुखले एकता कपूरसँग शुट गरिएको भिडियोको पाँच करोड लिएका छन् भने बाँकी ३ भिडियोहरुको १ करोड प्रति भिडियो पाउनेछन् ।
यो बाहेक शाहरुखले यस सिरियलको सुरुको तीन दिनसम्मे न्यारेटर भएर आवाज दिनेछन् । साथै शाहरुखले यस शोका माध्यमबाट आफ्नो टेड टक शोको पनि पचार प्रसार गर्नेछन् । शाहरुखको टेड टक शो को पहिलो सिजनमा टिआरपी नआएकाले असफल भएको थियो ।
शाहरुखले एकता कपूरसँगे प्रोमो छायाँकंन गर्न करिब ५ घण्टा लागेको थियो । यस्तै न्यारेटिभ भिडियोहरुको छायाँकनका लागि २ देखि ३ घण्टा लागेको थियो ।
शाहरुखले ८ घण्टाको समयका लागि ८ करोड रुपैयाँ पारिश्रमिक लिएका हुन् ।
‘कसौटी जिन्दगी की २’ यही सेप्टेम्बर १० देखि शुरु हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।