बागमती प्रदेशले तीन वर्षदेखि साधारणसभा नगर्ने सहकारी संस्थाको...
फागुन २९, २०८१ बिहिबार
काठमाडाैं - केसीसी व्यावसायिक पत्रकारिता पुरस्कार-२०७५ बाट काठमाडाैंमा आइतबार वरिष्ठ पत्रकार मोहन मैनाली र मोफसलबाट झापाका पत्रकार माया पकुवाल सम्मानित हुनुभएको छ ।
जनही नेपाली रूपैयाँ २५ हजार रूपैयाँको सम्मानसँगै पत्रकारद्वयलाई नेपाल पत्रकार महासंघका सभापति गोविन्द आचार्य तथा राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदादेवी तिम्सिनाले ताम्रपत्रसहित सम्मान गर्नुभयो ।
पत्रकार मोहन मैनाली र माया पकुवालले पुरस्कारका लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा व्यावसायिक कार्यहरूमा थप उत्साह मिलेको बताउनुभयो ।
कान्तिपुर सिटी कलेजले नेपाली पत्रकारिता क्षेत्रमा व्यावसायिक अभ्यासमा लाग्दै देश र जनताको सेवामा महत्वपूर्ण योगदान पुर्याउनुहुने दुईजना क्रियाशील पत्रकारलाई सम्मान गर्ने उद्देश्यले यो अवार्ड स्थापना गरेको हो ।
कार्यक्रममा केसीसी मिडिया जर्नल अङ्क २ को विमोचन पनि गरिएको थियो । जनार्दन विष्टको सम्पादन, राजीव तिमल्सिनाको संयोजकत्व तथा आभास धरानन्द राजोपाध्यायको सह–सम्पादन रहेको उक्त जर्नल कान्तिपुर सिटी कलेजको आमसञ्चार तथा पत्रकारिता विभागले प्रकाशन गरेको हो ।
कार्यक्रममा कान्तिपुर सिटी कलेजबाट आमसञ्चार तथा पत्रकारिताको स्नातकोत्तर तहमा पूर्वाञ्चल विश्वविद्यालयबाट ओमप्रकाश गोयल स्वर्ण पदक प्राप्त गर्नुहुने माधव थापा क्षेत्री (२०१५को स्वर्ण पदक) तथा चिरञ्जीवि देवकोटा (२०१४को स्वर्ण पदक) विजेतालाई सम्मान पनि गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।