अनुगमन टोलीलाई बल्खुका तरकारी व्यापारीद्वारा दुर्व्यवहार, २ व्यापारी पक्राउ

 भदौ ११, २०७५ सोमबार ७:३३:२९ | उज्यालो सहकर्मी

काठमाडौं – तरकारी बजारको अनुगमनका गएको सरकारी टोलीलाई आज पनि व्यवसायीले अभद्र व्यवहार गरेका छन् । काठमाडौंको बल्खु तरकारी बजारमा अनुगमनका लागि बिहानै पुगेका अनुगमन टोलीलाई त्यहाँका केही व्यवसायीले अभद्र व्यवहार गरेका हुन् ।

प्रहरीले अनुगमन टोलीलाई अभद्र व्यवहार देखाउने र तरकारीको बिल देखाउन नसक्ने दुई जनालाई पक्राउ गरेको छ । यसअघि अनुगमन टोलीलाई काठमाडौंको मुख्य थोक बजार कालिमाटीका व्यवसायीले अनुगमनमा अवरोध गरेका थिए ।

गएको ४ गते बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र प्रहरीको संयुक्त टोलीलाई कालीमाटीका व्यापारीले छेकेर नाराजुलुस गरेका थिए । यस क्रममा प्रहरीले कालिमाटीका एकजना व्यवसायीलाई पक्राउ गरेको थियो । उनलाई अहिले पनि हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
  
यस्तै, सोमबार बिहान पनि कालिमाटी तरकारी बजारमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा कालिमाटीका सडकपेटीमा राखिएका पसल पनि हटाइएको छ ।  बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अब तरकारीमा भएको सिण्डिकेट अन्त्य गर्न नियमित अनुमगन गर्ने जनाएको छ । 

अन्तिम अपडेट: फागुन २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया