जनता बैंकको ‘मेरो तलब खाता’, ग्लोबल आईएमईका ग्राहकलाई बोता रेष्टुरेन्टमा छुट

 भदौ ११, २०७५ सोमबार १०:६:१६ | उज्यालो सहकर्मी

काठमाडौं - जनता बैंकले कर्मचारीको पारिश्रमिक बैक खाता मार्फत भुक्तानी गर्नुपर्ने अनिवार्य ब्यवस्थालाई सहज बनाउन मेरो तलब खाता सञ्चालनमा ल्याएको छ । बैंकले आकर्षक व्याजदर, बीमा तथा अन्य धेरै सुविधा सहित मेरो तलव खाता सञ्चालनमा ल्याएको जनाएको छ । मेरो तलव खातामा शुन्य मौज्दातमा खाता खोल्न सकिने बैंकले जनाएको छ ।

त्यस्तै वार्षिक व्याज दर ७ प्रतिशत ब्याज,दैनिक मौज्दातमा त्रैमासिक व्याज भूक्तानी, निशुल्क भिसा डेभिड कार्ड समेत पाइने सुविधा रहेको छ । ।

बैंकले हाल देशभरीबाट १२२ शाखा संजाल, ४० शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ ईकाइ, २ एक्सटेन्सन काउन्टर र ७० एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।

ग्लोबल आईएमईका ग्राहकहरुलाई बोता रेष्टुरेन्टमा १५ प्रतिशत छुट

ग्लोबल आइएमई बैंक  र बोता फुड एण्ड रेष्टुरेन्टबीच ग्राहकहरुलाई छुट दिने सम्बन्धि सम्झौता भएको छ । सम्झौता पत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमई बैंकका ग्राहकहले बोता रेष्टुरेन्टका सम्पूर्ण खानेकुरामा १५ प्रतिशत छुट पाउनेछन् । यो छुट ग्लोबल आइएमई बैंकका डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड भएका ग्राहकहरुले पाउनेछन् ।

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरु ल्याईरहेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले १३१ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १३४ एटिएम, ५ वटा एक्सटेन्सन काउण्टर तथा १०० शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्र्पक कार्यालय मार्पmत आफ्ना ९ लाख भन्दा बढि आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।


 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया