बलिउडमा सलमानको ३० वर्ष पूरा

 भदौ ११, २०७५ सोमबार १०:२७:३० | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउडका दबंग सलमान खानले बलिउड उद्योगमा आफ्नो करियरको ३० वर्ष पूरा गरेका छन् । ३० वर्षको अवधिमा उनले सुरस्टार मात्रै होइन बलिउडमा गड फादरको पहिचान बनाइसकेका छन् । 

सलमान खानले सन् १९८८ मा फिल्म ‘बीवी हो तो ऐसी’ बाट बलिउड डेब्यू गरेका  थिए । यस फिल्ममा अभिनेत्री रेखा र अभिनेता फारुख शेख मुख्य भूमिकामा थिए भने सलमान खानले सहायक भूमिका निर्वाह गरेका थिए । सलमानले फरुख सेखको भाइको भूमिका निर्वाह गरेका थिए । यो फिल्म निकै सुपरहिट भएको थियो र सलमानको भूमिका पनि दर्शले निकै मन पराएका थिए । 

त्यसको एक वर्षमै सलमानले फिल्म ‘मैने प्यार किया’ मा अभिनयको मौका पाए । यस फिल्ममा सलमान मुख्य भूमिकामा थिए । सुरज बड्जात्याको निर्देशनमा बनेको यो फिल्म पनि ब्लकबस्टर साबित भयो । यही फिल्मले सलमान खानलाई बलिउडको सुपरस्टार बनाइदियो । 

सन् २०१० मा प्रदर्शनमा आएको फिल्म ‘दबंग’ सलमान खानको कयिरको टर्निङ पोइन्ट बन्यो । फिल्म ‘दबंग’ ले सलमानलाई बलिउड फिल्म उद्योगमा निकै उचाइमा पुर्यायो ।  

आठ वर्ष यता देखि सलमान खानको फ्लप फिल्मले पनि बक्स अफिसमा एक सय करोडको आम्दानी सजिलै पूरा गर्दै आइरहेको छ । सलमान खानले बलिउड फिल्म उद्योगमा सुल्तानको उपाधि हासिल गरेका छन् ।

यति मात्रै होइन सलमान खानले विश्वभरीका अभिनेता मध्य धेरै आम्दानी गर्ने अभिनेताको सूचिमा ९ औं स्थानमा कब्जा जमाएका छन् । विश्व चर्चित फोब्र्स म्यागेजिनका अनुसार सलमान खानको एक वर्षको कमाई २३२.८३ करोड भरतीय रुपैयाँ हुन्छ । 

सलमान खान अहिले उनको बहुप्रतिक्षित फिल्म भारतको छायांकनमा व्यस्त छन् । फिल्मको पहिलो छायाकंनको काम माल्टामा पूरा भएको छ  । यस फिल्मको तस्विर सलमानले सामाजिक सञ्जालमा सेयर गरेका छन् । तस्विरमा सलमान खानका साथ यस फिल्मकी मुख्य अभिनेत्री कट्रिना केफलाई पनि देख्न सकिन्छ । 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया