काठमाडौंमा आज बिजोर नम्बरका गाडी मात्र चल्न पाउने

 भदौ १२, २०७५ बुधबार ५:३१:५२ | उज्यालो सहकर्मी

काठमाडौं – बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेक सम्मेलनका लागि बुधबारदेखि काठमाडौं उपत्यकामा जोर बिजोर अंकका आधारमा मात्र गाडी चल्न पाउने भएका छन् । यसअनुसार आज बुधबार बिजोर नम्बरका गाडी मात्र चल्न पाउँछन् ।

बुधबारदेखि र शुक्रबारसम्म सबै निजी तथा भाडाका गाडीमा जोर बिजोर प्रणाली लागू भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । बुधबार र शुक्रबार बिजोर नम्बर भएका गाडी र बिहीबार जोर नम्बरका गाडी मात्र चल्न पाउनेछन् । 

अन्तिमका २ अंकका आधारमा जोर र विजोर गणना हुनेछ । बिमस्टेक बैठकको अवधिमा सवारी आवागमन सहज बनाउन जोर बिजोर प्रणाली लागू गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

निम्न अवस्थाहरुमा जोर बिजोर प्रणाली लागू हुनेछैन । 

  •  बिमस्टेक कार्यक्रममा जाने निमन्त्रणा भएका सवारी साधनहरुलाई 
  •  गृह तथा परराष्ट्र र बिमस्टेकमा खटिएका कर्मचारीहरुलाई 
  •  माननीय सभासद्ज्युहरुको सवारी साधनहरु ( परिचय पत्र हेरेर)
  •  अत्यावश्यक सेवा , अति आवश्यक कार्य (बिरामी , विद्यार्थीको परीक्षा , एयरपोर्ट टिकेट भएका) हरुलाई 
  •  कुटनीतिक नियोगका सवारी साधनहरु
  •  सूचना विभागबाट प्रेस पास लिएका पत्रकारहरूलाई
  •  बिहान ६ बजे अघि र बेलुकी १० बजे पछि सम्पूर्ण सवारी साधनहरू

अन्तिम अपडेट: फागुन २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Advocate

    Aug. 29, 2018, 7:35 a.m.

    Dear Mahanubhav, Have not you studied 5W & 1H? It is because you did not tell about Time Period start 6 am to 10 pm? Regards KCG

  •  0 Reply

तपाईको प्रतिक्रिया