सोलुखुम्बुमा भाइरल सङ्क्रमण, फाप्लु अस्पतालमा क्षमताभन्दा बढी बि...
चैत १, २०८१ शुक्रबार
काठमाडौं - बिमस्टेकको चौथो सम्मेलनमा सहभागी हुन काठमाडौँ आएका चार राष्ट्रका अति विशिष्ट पाहुना शुक्रबार स्वदेश फर्किदै छन् । विशिष्ट पाहुना फर्किने बेला सडक र हवाईमार्ग समेत केहीबेर प्रभावित हुने भएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, म्यानमारका राष्ट्रपति विन मिन्ट र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत व चा आज स्वदेश फर्किन लाग्नु भएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार अति विशिष्ट व्यक्तिहरु फर्किने बेला आधा घण्टा विमानस्थलमा उडान अवरतण प्रभावित हुनेछ । दिउँसो १ बजे बंगलादेशका प्रधानमन्त्री शेख हसिना स्वदेश फर्किने तालिका छ ।
यस्तै दिउँसो ४ बजे थाइल्याण्डका प्रधानमन्त्री प्रयुत व चा र साढे चार बजे म्यानमारका राष्ट्रपति विन मिन्ट तथा बेलुकी ६ बजे भारतीय प्रधनमन्त्री नरेन्द्र मोदी स्वदेश फकिनु हुनेछ । यस्तै, भुटानका अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष छिरिङ वाङचुक भने आज लुम्बिनी गएर भोलि फर्कने क्रार्यक्रम छ ।
श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना पर्सि आइतबार मात्रै स्वदेश फर्कने कार्यक्रम छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।