सोलुखुम्बुमा भाइरल सङ्क्रमण, फाप्लु अस्पतालमा क्षमताभन्दा बढी बि...
चैत १, २०८१ शुक्रबार
काठमाडौं - बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी मुलुकको प्रयास (बिमस्टेक) को चौथो सम्मेलनमा सहभागी हुन आएका सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुलाई अहिले सरकारले रिट्रिट दिंदैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोल्टी होटलमा रिट्रिट दिन लाग्नुभएको हो। शुक्रबार बिहान ८ः३० बजेदेखि १०ः१० बजेसम्मका लागि रिट्रिट कार्यक्रम तय भएको छ। यसअघि गोकर्ण रिसोर्टमा रिट्रिट दिने तयारी गरिएपनि बौद्ध–जोरपाटी–साँखु सडक बनाउने काम नभ्याइएकाले सोल्टी होटलमै रिट्रिट आयोजना गरिएको हो ।
रिट्रिटमा सामुहिक तथा व्यक्तिगत अनौपचारिक छलफल तथा कुराकानी हुने गर्छ । सम्मेलनमा सहभागी भएका कार्यकारी राष्ट्रप्रमुखहरुका लागि द्विपक्षीय र अनौपचारिक कुराकानीका लागि रिट्रिट महत्वपूर्ण मानिन्छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।