बागमती प्रदेशले तीन वर्षदेखि साधारणसभा नगर्ने सहकारी संस्थाको...
फागुन २९, २०८१ बिहिबार
सप्तरी – सप्तरीमा डेढ महिनाअघि आफ्नै काकाद्वारा बलात्कारमा परेकी ६ वर्षीया बालिकाले अझै न्याय पाएकी छैनन् । आरोपी पक्राउ नपर्दा स्थानीय बासिन्दा सशंकित बनेका छन् ।
पीडित बालिकाका परिवारकै असहयोगका कारण प्रहरीले पनि आरोपीलाई पक्राउ गर्न चासो नदेखाएको स्थानीयबासिन्दाको आरोप छ ।
‘मुद्दा दर्ता गर्ने र स्वास्थ्य परीक्षण गर्नेसम्मका काम प्रहरीले सक्रियतापूर्वक गर्याे,’ स्थानीय महिला अधिकारकर्मी सविता न्यौपानेले भन्नुभयो, ‘तर घटना भएको डेढ महिना पुग्न लाग्यो, संलग्नलाई पक्राउ गरिएको छैन ।’
बालिकाका बाबुले नै भाइलाई जोगाउन खोजेका कारण बालिकालाई न्याय दिलाउन कठिन भएको स्थानीयबासिन्दाको भनाइ छ । बालिकाकी आमा शारीरिक रुपमा अशक्त भएको फाइदा उठाएर ‘प्रहरीसँग कुरा गरे घरबाट निकालिदिने’ भनेर धम्की दिँदै घटनालाई ढाकछोप गर्न परिवारकै सदस्य लागिपरेको उनीहरुको आरोप छ ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक प्रतिक विष्टले भने प्रहरीले संलग्नको खोजी गरिरहेको र दोषीलाई कारबाही गर्नेे प्रतिबद्धता जनाउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।