सरकारी निकाय र दलहरुबाटै स्वास्थ्य मापदण्ड उल्लङ्घन भएको गुनासो

 भदौ १२, २०७८ शनिबार ११:२६:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - जिम्मेवार दल र सरकारी निकायले नै स्वास्थ्य मापदण्डको उल्लङ्घन गरेर भेला र जमघट गरेको भन्दै गुनासो बढेको छ । कांग्रेस, एमाले, एमालेबाट अलग भएर गठन भएको नेकपा एकीकृत समाजवादी लगायतका दलहरुले दिनहुँजसो बैठक र भेला गर्दै आएका छन् । तर यस्तो बैठक र भेला गर्दा स्वास्थ्य मापदण्ड पालना गरेको नेताहरुको दाबी छ । 

नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले आफूहरुले स्वास्थ्य मापदण्ड पालना गरेरै सभा र भेला गर्ने गरेको दाबी गर्नुभयो । संविधान र पार्टी विधानअनुसार पनि समयमै महाधिवेशन गर्नुपर्ने भएकाले बाध्य भएर भेला र जमघट गर्नुपरेको र यस्तो बेला मापदण्ड पालना गर्न सबै नेता कार्यकर्तालाई निर्देशन दिएको उहाँको भनाइ छ । 

यस्तै अरुलाई नियम पालना गराउने निकाय गृह मन्त्रालयले केही दिनअघि गरेको गोष्ठीमा २५ जनाभन्दा बढीको जमघट भएको र यो स्वास्थ्य मापदण्ड विपरीत भएको भन्दै आलोचना भएको छ। तर गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले मापदण्ड पालना नभएको भन्ने आरोप सत्य नभएको र आफूहरुले नियम पालना गरेरै गोष्ठी गरेको दाबी गर्नुभयो। 

२५ जनासम्म भेला भएर स्वास्थ्य मापदण्ड पालनासहित गोष्ठी र जमघट गर्न मिल्ने उहाँले बताउनुभयो । काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले पछिल्लो मापदण्डअनुसार २५ जनासम्म भेला भएर भौतिक दूरी कायम गरी भेला र गोष्ठी गर्न मिल्ने बताउनुभयो । 

नियम पालना भए, नभएको अनुगमन गर्ने काम भइरहेको उहाँको भनाइ छ । यस्तै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले कोरोना रोकथाम र नियन्त्रणमा सहयोग गर्नु सबैको दायित्व भएको भन्दै स्वास्थ्य मापदण्ड पालनामा जिम्मेवार बन्न आग्रह गर्नुभयो ।

यससँग सम्बन्धित काेराेना क्याप्सुल सुन्न यहाँ क्लिक गर्नुहाेस्। 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया