स्थायी बासस्थानको आशामा बित्यो काभ्रेका बाढीपहिरो पीडितको एक ...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाडौं – चलचित्रको गीत र ट्रेलर सार्वजनिक भएसँगै यति बेला ‘इन्टु मिन्टु लण्डनमा’ चर्चामा छ । चलचित्र र चलचित्रमा अभिनित मुख्य कलाकार धिरज मगर पनि चर्चामा छन् । ‘इन्टु मिन्टु लण्डनमा’ मा अभिनय गर्नु अघि उनी युट्यूब च्यानलमा काम गरिरहेका थिए ।
अभिनय अघि नै उनी केही युवा पुस्तामा परिचत थिए । तर चलचित्रमा काम गरिसकेपछि भने उनको चर्चा चौतर्फी चुलिएको छ । मंगोलियन अनुहारका मगरलाई अहिले धेरै चलचित्रकर्मीहरुले नियाली रहेका छन् । कतिपयले उनलाई अफर पनि गरिसकेका छन् । आफूले कुनै पनि चलचित्रमा तत्काल काम गर्न नसक्ने बताउँदै आएका छन् धिरज मगर ।
उनले अन्य चलचित्रमा काम गर्नका निम्ति गरेको अफर अस्वीकार गर्नुको मुख्य कारण चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’का निर्देशक रेनाशावान्तवा राई हुन् । उनले धिरजलाई ‘इन्टु मिन्टु लन्डनमा’ पश्चात् निर्माण गर्ने अन्य तीन ओटा चलचित्रहरुमा समेत अनुबन्ध गरिसकेको बुझिएको छ ।
दर्शकमाझ चलचित्र आउन असोज ५ पर्खिनु पर्छ । तर चलचित्रको रिलिज अगावै उनी निकै चर्चामा छन् । विशेष त धिरजलाई अनमोल केसी, प्रदीप खड्का पल शाहलगायतका यस अघि नै चर्चा कमाएका कलाकारहरुलाई टक्कर दिन सक्ने अभिनेताका रुपमा समेत हेर्न थालिएको छ ।
चलचित्र इन्टु मिन्टु लण्डनमामा धिरजले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहसँग रोमान्स गरेका छन् । चलचित्र आउनु अघि नै उनीहरुको जोडिलाई दर्शकले रुचाएका छन् । अब चलचित्र प्रदर्शन पश्चात भने दर्शकमाझ यो जोडि कत्तिको प्यारो बन्न सक्छ हेर्न बाँकी नै छ ।
–उज्यालो र गफगाफ डटकमको सहकार्य
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।