नेप्से सामान्य बढ्यो, सानीमा बैंकको मात्रै ३४ करोड रुपैयाँको शेयर कारोबार

 असोज ७, २०७८ बिहिबार १५:१७:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कारोबार हुने हप्ताको अन्तिम दिन शेयर बजार सामान्य बढेको छ । बजार खुल्नेबित्तिकै तीव्र गतिमा उकालो लागेको नेप्से बन्द हुने बेलामा भने दुई दशमलव सात अङ्कले बढेर दुई हजार आठ सय १९ दशमलव ६५ विन्दुमा पुगेको छ ।

आज बैंक र फाइनान्स समूहको शेयर सामान्य बढेको छ भने अरू सबै समूहको शेयर ओरालो लागेको छ । मनकामना स्मार्ट लघुवित्तको शेयर आज पनि १० प्रतिशतले बढेको छ । यस्तै प्राइम लाइफ इन्स्याेरेन्स कम्पनीको ६ र नेपाल बैंक तथा नेपाल बङ्गलादेश बैंकको शेयर पाँच प्रतिशभन्दा धेरैले बढेको छ ।

आज हिमालयन पावर पार्टनर र युनियन हाइड्रोको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज दुई सय २८ कम्पनीका एक करोड ५७ लाख १४ हजार कित्ता शेयर सात अर्ब ७२ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सानीमा बैंकको ३४ करोड १५ लाख रुपैयाँको शेयर किनबेच भएको छ । हिजो १७ प्रतिशत लाभांश घोषणा गरेकाले सानीमा बैंकको कारोबार रकम बढेको हो ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया