चन्द्रबहादुर शाही कर्णाली प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रीमा नियुक्त

प्रदेश-२ का वनमन्त्री राम नरेश राय पदमुक्त

 कात्तिक ३०, २०७८ मंगलबार १९:५:३५ | मुना हमाल
unn.prixa.net

सुर्खेत - कर्णाली प्रदेशमा दुई हप्तापछि  मन्त्रिपरिषद् विस्तार भएको छ ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले शपथ लिएको दुई हप्तापछि आज एक जना मन्त्री थपिएका हुन् ।

मुख्यमन्त्री शाहीको सिफारिसमा नेकपा (एकीकृत समाजवादी) का चन्द्रबहादुर शाहीलाई प्रदेश प्रमुख तिलक परियारले  भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गर्नुभएको छ ।  एकीकृत समाजवादीको संसदीय दलका नेता समेत रहेका शाही मुगु प्रदेश सभा (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य हुनुहुन्छ ।

नवनियुक्त मन्त्री शाहीले आज नै पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

यसैबीच प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री राम नरेश राय पदमुक्त हुनुभएको छ । मुख्यमन्त्री लालबाबु राउतले रायलाई पदमुक्त गरेर वन मन्त्रालयको जिम्मेवारी आफैँले सम्हाल्नुभएको छ ।

 नेकपा (एकीकृत समाजवादी)लाई सरकारमा सहभागी गराउन मुख्यमन्त्री राउतले रायलाई पदमुक्त  गर्नुभएको हो ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया