कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिने

 मंसिर १४, २०७८ मंगलबार १०:२६:५५ | मुना हमाल
unn.prixa.net

सुर्खेत -  कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज  विश्वासको मत लिँदै हुनुहुन्छ  ।

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिन लाग्नु भएको हो । 

आज दिउँसो १ बजे प्रदेश सभा बैठक बस्दै छ । मुख्यमन्त्री शाही तीन दलीय गठबन्धनको समर्थनमा गएकाे कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । मुख्यमन्त्री शाहीलाई तीन दलका २१ जना प्रदेश सभा सदस्यको समर्थन रहेको छ । कर्णाली प्रदेश सभामा ३५ जना प्रदेश सभा सदस्य रहेका छन् । 

प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीले विश्वासका मतका लागि शाहीले प्रस्ताव पेस गर्ने कार्यसूची रहेको जानकारी दिनुभयो । तर एमाले महाधिवेशनमा सहभागी हुन गएकाले प्रमुख प्रतिपक्ष दल एमालेका प्रदेश सभा सदस्य भने उपस्थित नहुने भएका छन् । 

अन्तिम अपडेट: चैत १३, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया